
जिल्ला शिक्षा कार्यालयको निर्णयानुसार जिल्लाका ४१२ ओटै समुदायिक विद्यालयहरु २६ गतेसम्मका लागि बन्द गरिएको हो ।
यसअघि, कार्यालयले बिहीबार र शुक्रबार बिदा दिएको थियो । तर, मौसममा सुधार नआएपछि थप पाँच दिन विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको नेपाल शिक्षक महासंघ सप्तरीका अध्यक्ष फुलेश्वर मण्डलले जानकारी दिए ।
शीतलहरका कारण शनिबारसम्म सप्तरीमा चिसोले कठ्यांग्रिएर ७ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्