२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालमै, बागेश्वरीमा समर्थकले गरे ‘जय जयकार'(भिडियो)


0
Shares

पुस १३ गते नेपालगञ्ज आएका पूर्वराजाले यो बीचमा बर्दिया, दाङ र कैलालीको भ्रमण गरिसकेका छन् ।

शनिबार नेपालगञ्जस्थित प्रसिद्व शक्तिपीठ बागेश्वरी मन्दिरमा पूजाआजा गर्न पुगेका पूर्वराजाका समर्थकहरुले जय जयकार गरे ।

पश्चिम तराईको भ्रमणका लागि नेपालगञ्ज पुगेका पूर्वराजा शाहले शनिबार बागेश्वरी मन्दिरमा पूजाआजा गरे ।

पूर्वरानी कोमल शाहसहित मन्दिर पुगेका पूर्वराजा शाहले करिब २० मिनेट पूजाआजा गरेका थिए ।

उनीहरुलाई राजावादीहरुले मन्दिर परिसरमा भव्य स्वागतसमेत गरेका थिए ।

शनिबार दिन सुनसानजस्तै रहेको बागेश्वरी मन्दिरमा राजाको प्रवेश हुने थाहा पाउने बित्तिकै मान्छेको भीड लागेको थियो ।

पूर्वराजाको सुर्खेत पनि जाने कार्यक्रम छ । त्यसपछि भारतको लखनउ जाने बताइएको छ ।

(भिडियो)