Logo १७ असार २०८३, बुधबार | Thu Jul 2 2026


नेपालले दक्षिण एसियामा चार गुणा निर्यात बढाउनसक्ने : विश्व बैंक


0
Shares

काठमाडौं, मंसिर २८ । विश्व बैंकले नेपालले दक्षिण एसियामा गर्दै आएको व्यापार चार गुणा बढाउनसक्ने जनाएको छ ।

मानव सिर्जित अवरोधका कारण नेपालको व्यापार पछि परेको पनि बैंकले जनाएको छ ।

बैंकले शुक्रबार राजधानीमा सार्वजनिक गरेको ‘आधा भरिएको ग्लास’ शीर्षकको प्रतिवेदनमा नेपालमा व्यापार लगानीका अथाह सम्भावना भएपनि व्यापार र लगानी अत्यन्त कम भएको जनाइएको छ ।

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले हाम्रोजस्तो देशमा विकास घाटालाई नकारात्मकरुपमामात्रै हेर्न नहुने बताए ।

आफ्नो उत्पादनलेमात्रै उपभोगलाई नधान्ने र पुँजी निर्माणका लागि आवश्यक सामग्री आयात गर्नुपर्ने भएकाले व्यापार घाटालाई नकारात्मकरुपमा लिन नहुने उनले दोहोर्‍याए ।

उनले तुलनात्मक लाभका क्षेत्रमा लगानी वृद्धि गरेर आर्थिक समृद्धितर्फ उन्मुख हुनसकिने पनि बताए ।