
सप्तरी, मंसिर २८ । तिलाठी कोइलाडी गाउँपालिका–७ स्थित बभनगा, कट्टीटोलमा शुक्रबार साँझ आगोलागी हुँदा १३ घर जलेर नस्ट भएका छन् ।
गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले आगोलागीबाट एक/एक बाछी र बोका, रु एक लाख, भाँडावर्तन, चामललगायत जलेर नस्ट हुँदा करिब रु ४० लाख मूल्य बराबरको क्षति भएको बताए ।
बिन्देश्वर साफीको घरबाट सल्केको आगोले उनीसहित आनन्द साफी, मन्नु साफी, प्रयाग साफी, प्रसाद साफीलगायतको घर जलेको स्थानीयवासीले जानकारी दिएका छन् ।
राजविराज र हनुमाननगर कंकालिनी नगरपालिकाको वारुणयन्त्र, स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको सप्तरी प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्