
एमाले निकट युवा संघ र अनेरास्ववियु रुपन्देहीले दोषीलाई तत्काल पक्राउ गरी कारबाहीको माग गर्दै लगातार जिल्ला बन्द गराउँदै आएका छन् । बन्दका कारण बुटवल, रुपन्देहीको जनजीवन ठप्प छ ।
महेन्द्र राजमार्ग तथा सिद्धार्थ राजमार्ग र अन्य भित्री सडकहरुमा समेत यातायात चल्न नसक्दा थुप्रै जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्दमा जिल्लाका राजनीतिक दल, व्यवसायिक संघसस्थाले समेत ऐक्यबद्धता जनाएका छन् ।
आफन्तले हत्यामा संलग्न दोषीलाई पक्राउ नगरेसम्म शव नबुभ्mने अडान लिएका कारण पौडेलको शव लुम्बिनी अञ्चल अस्पताल बुटवलमै राखिएको छ । पौडेलको गत शुक्रबार देबदहमा गोली हानी हत्या गरिएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले घटनाको अनुसन्धान थालेको छ ।
प्रतिक्रिया दिनुहोस्