Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


चारदिनको लागि आइओएम डिनमा प्रा.डा.शर्मालाई पुनःबहाली


0
Shares

प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले आइतबार चार वर्षपछि चार दिनका लागि पुनःबहाली गर्न आदेश दिएको हो ।

त्रिवि कार्यकारी परिषद्को २०७० साल पुस २५ गते बसेको बैठकले प्रा.डा.शर्मालाई २०७० साल पुस २८ गतेदेखि लागू हुनेगरी चार वर्षका लागि अर्थात् ०७४ साल पुस २७ सम्म पदावधि रहने गरी डिन नियुक्त गरेको थियो ।

परिषद्कै २०७० साल पुस २९ गते बसेको बैठकले प्रा.डा.शर्माको नियुक्ति बदर गरी प्रा.डा.राकेशप्रसाद श्रीवास्तवलाई नियुक्ति गरेपछि शर्मा न्यायका लागि ०७० साल फागुन १ गते सर्वोच्च अदालत गएका थिए ।

शर्माको नियुक्तिलाई बदर गरेपछि वरिष्ठताका आधारमा श्रीवास्तवलाई डिन नियुक्ति गरिएको थियो । श्रीवास्तवले राजीनामा दिएपछि प्रा.डा.जगदीशप्रसाद अग्रवाललाई डिन नियुक्ति गरिएको थियो । रासस