२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


सरकार शीतलहर र चिसो पीडितको रक्षा गर : आयोग


0
Shares

मौसम परिवर्तनसँगै तराई मधेश, उच्च पहाडी तथा हिमाली भेगलगायत देशका विभिन्न भागमा केही दिनयता चिसो बढ्न गई सर्वसाधारणको मृत्युसमेत भएको तथा दैनिक जीवनमा हुन गएको कष्टकर अवस्थाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शीतलहर, हिमपात तथा चिसोका कारण हुम्ला, जाजरकोट, सप्तरी, सिराहा, रौतहट, कपिलवस्तुलगायतका जिल्लामा दुई दर्जनभन्दा बढी व्यक्तिको ज्यान गएको आयोगको अनुगमनबाट पाइएको छ ।

लामो समयदेखि त्रिपालमा बस्दै आएका बाढीपीडित तथा भूकम्पपीडित, मुसहर बस्तीका बासिन्दा एवम् न्यून आयस्रोत भएका समुदायका बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी एवम् बिरामी व्यक्ति उच्च जोखिममा रहेको अनुगमनबाट बुझिएको आयोगले जनाएको छ ।

चिसो बढेसँगै रुघाखोकी, ज्वरो, निमोनिया, दम, कोल्ड डाइरियाजस्ता रोगको प्रकोप बढ्न गई जनजीवन कष्टकर बन्दै गएको, स्थानीय स्वास्थ्यचौकी तथा अस्पतालमा बिरामीको चाप बढिरहेको तर औषधि र स्वास्थ्यकर्मी नहुँदा बिरामी उपचारबाट वन्चित हुनु परेको, सिटामोललगायत सामान्य औषधिको अभावमा रुघाखोकी, ज्वरो र कोल्ड डाइरियाबाट व्यक्तिको ज्यानसमेत गएको अवस्था छ । रासस