
जिल्ला जनस्वास्थ्य कार्यालय पर्वतको परिवार नियोजन शाखाका अनुसार आर्थिक बर्ष २०७३÷७४ मा १ हजार १ सय ५४ जनाले सुरक्षित गर्भपतन गराएका छन् ।
प्रजनन् स्वास्थ्य सचेतनाको अभावका कारण गर्भपतन गराउनेको संख्या वर्सेनि बढ्दै गएको हो ।
२०७२÷७३ मा पर्र्वतमा झन्डै एक हजार जनाले गर्भपतन गराएकोमा यस बर्ष गर्भपतन गराउनेको सख्ंया बढेको परिवार स्वास्थ्य कार्यक्रमकी फोकल पर्सन सीमा कुंवरले जानकारी दिइन् ।
गर्भपतन गराउन आउनेहरु १५ देखि ४० वर्ष उमेर समूह रहेका छन् । विभिन्न स्वास्थ्य संस्थाबाट गत आर्थिक वर्षमा ११ सय ५४ जनाले गर्भपतन गराएका छन् ।
त्यसमध्ये सबैभन्दा धेरै जिल्ला अस्पताल पर्वतबाट गर्भपतन गराउनेको संख्या बढी देखिएको छ । त्यसैगरी देवीस्थान स्वास्थ्य चौकी तथा हुबास स्वास्थ चौकीमा पुगेर गर्भपतन गराउनेहरु पनि बढी नै देखिएका छन् ।
गर्भ गर्भवती महिलाको इच्छानुसार १२ हप्तासम्मको गर्भपतन गराउन राज्यले नै स्वीकृति दिएपछि पछिल्लो समय गर्भपतन गराउने महिलाको संख्यामा वृद्धि भएको हो ।
सानै उमेरमा प्रेम विवाह, प्रेम सम्बन्ध र प्रजनन स्वाथ्य चेतनाको अभावका कारण गर्भपतन गराउने किशोरीको संख्या बढ्दै गएको परिवार नियोजन संघ पर्वत शाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्