
आइतबार राति ९ः०० बजे बा२ख १७८१ नम्बरको बसको ठक्करबाट मकवानपुर घर भई हाल बाफल बस्दै आएका २२ वर्षीय विनोद गोलेको मृत्यु भएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक उमेश रञ्जीतकारका अनुसार स्वयम्भूबाट कलंकीतर्फ जाँदै गरेको बसले बाटो काट्न लागेको अवस्थामा ठक्कर दिँदा गोलेको मृत्यु भएको हो ।
ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसका चालक भने अहिलेसम्म फरार रहेको र खोजी कार्य भइरहेको प्रवक्ता रञ्जीतकार बताए । (रासस)
प्रतिक्रिया दिनुहोस्