१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


नुवाकोटमा कांग्रेस नेताको घर अगाडी बम विस्फोट


0
Shares

काठमाडौं, पुस २४ । नेपाली कांग्रेसका युवा नेता लाओस राईको नुवाकोटस्थित घर अगाडी आइतबार राती बम विस्फोट भएको छ ।

नुवाकोटको लिखु गाउँपालिका–४ मा रहेको राईको घरमा राती १० बजेतिर अज्ञात समूहले राखेको बम ठूलो आवाजमा विस्फोट भएको नेता राईका बुबा भोजबहादुर्ले टेलिफोनमार्फत जानकारी दिए ।

विस्फोटका कारण मानवीय क्षति नभएपनि बरालको कुन्यूमा आगो लागेको छ ।

बम विस्फोटको घटनाबारे अनुसन्धान गर्न ढिकुरे प्रहरी चौकीबाट प्रहरी नायब निरिक्षक टेक बहादुर पालको नेतृत्वमा टोली घटना स्थल पुगेको छ । विस्फोटको घटनाले जनजीवन त्रसित बनेको छ ।