Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


प्रधानमन्त्री देउवासमक्ष उनकै दलको भ्रातृ संगठनले बुझायो विभिन्न मागसहितको ज्ञापनपत्र


0
Shares

आफ्नै सरकारी निवास बालुवाटारमा नेपाल विद्यार्थी संघको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले प्रभावित जिल्लाहरुमा राहतको व्यवस्था गरिने आश्वासन दिएका हुन् ।

नेपाल विद्यार्थी संघले राखेका सबै माग जनसरोकारका विषय भएकाले आफू त्यसप्रति सकारात्मक रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री देउवासँग उनकै दलको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले चिसोको कारण प्रभावितहरुका लागि तुरुन्त राहतको व्यवस्था गर्न, विद्यार्थीलाई स्वास्थ्य सेवा निःशुल्क गर्न, युवालाई रोजगारी सुनिश्चित गर्न, सातवटै प्रदेशमा प्राविधिक उच्च शिक्षालय स्थापना गर्न, शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर सहुुलियत ऋण दिने व्यवस्था गर्न माग गरेको छ ।

माग सम्बोधन नगरे पुस २६ देखि देशभर चरणबद्ध आन्दोलन गर्ने चेतावनी संघको छ ।