Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


पत्रकारलाई पक्राउ पूर्जी नकाट्न नेपाल प्रहरीलाई काउन्सिलको आग्रह


0
Shares

तत्कालीन प्रहरी नायब महानिरीक्षक एवं ललितपुरबाट नवनिर्वाचित सांसद नवराज सिलवालले सर्वाेच्च अदालतमा पेश गरेको कागजात कीर्ते भएको भन्ने सम्बन्धमा भइरहेको छानबिनका लागि प्रहरीले तीन अनलाइनका सम्पादकलाई उपस्थित गराउन पत्र काटेपछि काउन्सिलले सोमबार सो विषयमा नेपाल प्रहरीका सम्बन्धित अधिकृतसँग छलफल गरी सो आग्रह गरेको हो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक रवीन्द्र धानुक र अनुसन्धान अधिकृत बेलबहादुर पाण्डेलाई आफूहरुले आमन्त्रण गरी संविधानको धारा १९ बमोजिम प्रहरीले त्यसरी पक्राउ पूर्जी वा स्रोत खुलाउने आग्रहको पत्र पठाउन नमिल्ने स्पष्ट पारेको काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिए ।

कावा अध्यक्ष श्रेष्ठले सो विषयमा अब प्रहरीले काउन्सिल पत्र पठाउने र सम्बन्धित पत्रकारसँग काउन्सिलले छलफल गरेर अनुसन्धानलाई सहयोग गर्ने बताए । रासस