२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


सर्वोच्च अदालतमा डा.केसीको बयान


0
Shares

अवहेलना मुद्दामा पक्राउ गरी मंगलबार बिहान अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई सोमबार आदेश दिइएपछि उनलाई उपस्थित गराइएको हो ।

बयान सकिएपछि न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशमा सुनुवाइ हुनेछ । प्रा.डा.केसीका पक्षबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र दिनेश त्रिपाठी तथा अधिवक्ता सुरेन्द्र भण्डारी र लेखनाथ न्यौपानेले बहस गर्दैछन् ।

बयानका क्रममा प्रा.डा.केसीले अदालतमा सन्चारमाध्यममा आफूले दिएका अभिव्यक्तिका आधारमा अदालतको अवहेलना भन्न नमिल्ने जिकिर गरे ।

प्रा.डा.केसीले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका डीनमा प्रा.डा.शशि शर्मालाई पुनःबहाली गराउने अदालतको आइतबारको फैसलाको विरोधमा प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गरी अनशन सुरु गरेका थिए ।

उनलाई सोमबार साँझ अनशनस्थल त्रिवि शिक्षण अस्पतालबाट प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो । रासस