
बढ्दो सहरीकरण तथा खपतमुखी अर्थतन्त्रका कारण इन्धनको माग दैनिक बढ्दै गएको आयल निगमले जनाएको छ । निगमको तथ्यांकअनुसार आर्थिक वर्ष २०६४/६५ मा १ लाख ८ सय ४२ किलोलिटर पेट्रोल खपत भएको थियो । २०७३/७४ मा ४ लाख २ हजार २ सय ७८ किलोलिटर खपत भएको छ ।
डिजेलको खपत पनि ह्वात्तै बढेको छ । तथ्यांकअनुसार ३ लाख २ हजार ७ सय ६ किलोलिटर खपत भएको डिजेल २०७३/७४ मा बढेर १२ लाख ९७ हजार ६६ किलोलिटर पुगेको निगमले जनाएको छ ।
सवारी साधनको संख्या बर्सेनि थपिदैं गएकाले पनि इन्धनको खपत बढ्दै गएको हो ।
यातायात व्यवस्था विभागको तथ्यांकअनुसार सवारी साधनको संख्या बर्सेनि एक लाखभन्दा बढीले थपिएका छन् । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्