१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


दाहाल र सिंहबीच भेटवार्ता


0
Shares

अध्यक्ष दाहाललाई भेट्न महामन्त्री सिंह बिहीबार बिहान दाहाल निवास खुमलटार पुगेका थिए । सोक्रममा वाम गठबन्धनलाई कायमै राखेर अगाडि बढ्नेबारे छलफल जनाइएको छ ।

भेटमा नेता सिंहले वामपन्थीहरु मिलेर अघि बढ्दामात्रै मुलुकमा राजनीतिक स्थिरता र विकास सुनिश्चित हुने कुरामा जोड दिएका थिए ।

दाहालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा वामपन्थीहरु मिल्दा राम्रो नतिजा आएको र देशमा सकारात्मक सन्देश गएको बताउँदै राष्ट्रिय सभा सदस्य निर्वाचनमा पनि नेकपा एमाले, माओवादी केन्द्र र मसालबीचको चुनावी तालमेललाई कायमै राखिने बताए ।

भेटमा दुवै नेताहरु राष्ट्रियसभा निर्वाचनमा साझा उम्मेदवार खडा गर्दै वामपन्थी एकता र तालमेललाई बलियो बनाएर अगाडि बढ्न सहमत भएको दाहालको निजी सचिवालयले जनाएको छ ।