२ असार २०८२, सोमबार | Mon Jun 16 2025


१० जना रोहिंग्याको हत्या गरेको म्यानमार सेनाद्वारा स्वीकार


0
Shares

यसअघि सेनाले रोहिंग्याको हत्यामा आफूहरुको संलग्नता अस्वीकार गर्दै आएको थियो । सेनाले सबै घटनामा नभइ एक घटनामा मात्रै आफूहरुले रोहिंग्या मुसलमानको हत्या गरेको स्वीकार गरेको छ ।

सेनाका अनुसार इन दिन गाउँमा १० जनाको हत्या भएको र त्यसमा चार सुरक्षाकर्मी सामेल रहेको पाइएको छ । सेनाले जारी गरेको प्रतिवेदनमा चार सुरक्षाकर्मीले प्रतिशोधको रुपमा १० जनाको हत्या गरेको उल्लेख गरिएको छ ।

प्रतिवेदनमा मारिएकालाई बंगाली आतंकवादीको संज्ञा दिइएको छ भने आक्रमणमा स्थानीय बासिन्दाले सहयोग गरेको दाबी गरिएको छ । म्यानमारको सेनाले रोहिंग्या चरमपन्थीका लागि बंगाली आतंकवादी शब्द प्रयोग गर्ने गर्छ ।

गएको अगस्टदेखि रोहिंग्याको बसोबास रहेको रखाइन प्रान्तमा हिंसा भड्किएको छ । हिंसाको क्रममा रोहिंग्या मुसलमानमाथि आम नरसंहार गरेको आरोप म्यानमारमाथि लाग्ने गरेको छ । गत अगस्टदेखि अहिलेसम्म साढे ६ लाख रोहिंग्या मुसलमान छिमेकी देश बंगलादेशमा विस्थापित भएका छन् ।

बुद्धिस्ट समुदायको सहयोगमा सेनाले आफूहरुको घर जलाउने तथा सर्वसाधारणको हत्या गर्ने गरेको रोहिंग्याको आरोप छ । एजेन्सी