२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


डा. केसीको अनशन जारी, प्रधानन्यायाधीशको राजिनामाको माग


0
Shares

प्रधानन्यायाधीश गोपाल पराजुलीले राजिनामा नदिएसम्म सत्य तथ्य छानबिन नहुने भएकाले अनशन जारी नै राख्ने डा. केसीले बताए ।

हामीसँग कुरा गर्दै डा. केसीले प्रधान न्यायाधीशमाथि लागेको आरोपको निष्पक्ष छानबीनका लागि राजिनामा दिनुको विकल्प नरहेको उनको जिकीर छ ।

अरु माग पूरा गर्न र मुलुकमा मौलाएको लूटतन्त्रविरुद्ध जनताको आवाज सुनाउन पनि अनशन कायमै राख्नुको विकल्प नभएको उनको भनाइ छ ।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि १४ औ पटक अनशन थालेका डा. केसीको स्वास्थ्य अवस्था भने खस्किँदै गएको छ ।