२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


सरकारी स्वास्थ्य संस्थाहरुमा निःशुल्क औषधिको अभाव हुँदा सेवाग्राही मारमा


0
Shares

नेपाल सरकारले उपलब्ध गराउँदै आएको निःशुल्क औषधि अभाव भएपछि बिरामी समस्यामा परेका छन् ।

सरकारले उपलब्ध गराउने ७२ प्रकारका निःशुल्क औषधिमध्ये अधिकांश औषधि सकिएको अस्पतालका प्रशासकीय प्रमुख युवराज देवकोटाले जानकारी दिए ।

अस्पतालमा धेरै प्रयोग हुने औषधि सकिएको र कम प्रयोग हुने केही औषधिमात्र बाँकी रहेको देवकोटाको भनाइ छ ।

औषधि नपाएपछि अस्पतालमा आएका बिरामी स्वास्थ्य परीक्षण गरेर अन्यत्रै औषधि किन्न बाध्य छन् ।

औषधि किन्न सरकारले वार्षिक बजेट दिने गरेकामा यस वर्ष नआएकाले किन्न नसकिएको अस्पतालको भनाई छ ।

मानव विकास तथा सामुदायिक सेवा संस्थाको व्यवस्थापनमा सञ्चालन भएको सामुदायिक अस्पतालमा निःशुल्क औषधिका लागि नेपाल सरकारले जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत अनुदान दिँदै आएको छ ।

पछिल्लो समय स्वास्थ्यसम्बन्धी सबै बजेट स्थानीय तहमा गएपछि जिल्ला अस्पतालले औषधि किन्न नसकेको हो ।