Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


जलवायु परिवर्तनको असर झन् विकराल बन्ने


0
Shares

जर्मनीमा भएको अनुसन्धानले संयुक्त राज्य अमेरिका, भारत तथा अफ्रिकाका केही भाग, इन्डोनेसिया र मध्य यूरोपमा नदीजन्य बाढीको प्रकोपलाई नियन्त्रण गर्न विशेष ध्यान दिनुपर्ने देखाएको वैज्ञानिकहरूले बताएका छन् ।

नदीमा आउने बाढीका कारण वर्षेनी विश्वले ठूलो विपत्ति सामना गरिरहेको छ । जलवायु परिवर्तन र यसबाट सिर्जित विश्वव्यापी उष्णतालाई नियन्त्रणमा राख्ने पहल नभए बाढी र अरु प्राकृतिक प्रकोप आउँदा दशकमा झन् विकराल हुने निष्कर्ष उक्त अनुसन्धानको छ ।

प्रविधिमा आधारित भएर जलवायुको प्रभावबारे अनुसन्धान गर्ने जर्मन संस्था, पोष्टडाम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्चले एशियामा बाढीका कारण जनसंख्याको करीब १० प्रतिशत प्रभावित हुने गरेकोमा सन् २०४० सम्ममा यो संख्या प्रतिबर्ष १५ करोड ६० लाख मानिस हुने प्रक्षेपण गरिएको छ । (एजेन्सी)