Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर राणा सिफारिस


0
Shares

काठमाडौं, मंसिर २७ । संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश चोलेन्द्रशमशेर राणाको नाम सिफारिस गरेको छ ।

सिंहदरबारमा आज बसेको संवैधानिक परिषद्को बैठकले राणाको नाम सिफारिस गरेको हो । परिषद्को सिफारिससँगै अब संसदीय सुनुवाई विशेष समितिले उनको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्ने प्रावधान छ ।

न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि राणासँगै दीपकराज जोशीको नाम पनि संवैधानिक परिषद्मा पठाएको थियो । तर संवैधानिक परिषद्ले सर्वसम्मत रुपमा राणालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले जानकारी दिए ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुस १७ गतेबाट अनिवार्य अवकास पाउने भएकाले त्यस अगावै नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गरिएको हो ।