२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


बसको ठक्करबाट एक वर्षीय बालकको मृत्यु


0
Shares

लमही नगरपालिका–५ चौलाहीमा शुक्रबार बसको ठक्करबाट स्थानीय रामजान अदलीका एक वर्षीय छोरा अब्दुल अनसारीको मृत्यु भएको लमही वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिएका छन् ।

शुक्रबार बिहान साधना मन्टेश्वरी स्कुलको लु१क १३५३ नम्बरको बसले बालकलाई अनसारीलाई ठक्कर दिएपछि गम्भिर घाइते भएका उनकोे लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । ठक्कर दिने बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस