
समितिको योजना कार्यान्वयनमा आएमा बाग्मती नयाँ स्वरुपमा आउने दाबी गरिएको हो । यद्यपि, अर्बौं रुपैयाँ रकम सकिँदा पनि बाग्मती नदी क्षेत्रमा भनेजस्तो परिवर्तन भने देख्न पाइएको छैन ।
कुनैबेला फोहोरका थुप्रामात्र देखिने बाग्मती किनारमा यतिबेला धमाधम बगैंचा निर्माणका काम भइरहेका छन् ।
नदी र सडकबीचको बाँकी १० मिटर भागमा सरकारले बाग्मती नदीलाई आकर्षक बनाउन पार्क निर्माण गर्नुका साथै दुवैछेउमा रुखका विरुवा रोप्ने काम गरिरहेको छ् ।
गोकर्णदेखि जोरपाटीसम्म ३५ मिटर, जोरपाटी पुलदेखि गुह्वेश्वरीसम्म ४० मिटर, गुह्वेश्वरीदेखि सिनामंगलसम्म ३० मिटर नदीको बहाव क्षेत्र कायम राख्दै दायाँ–बायाँ दुवैतिर बगैंचा बनाउन थालिएको हो ।
यसैगरी, नदीमा मलमूत्रको मिसावट रोकेर शतप्रतिशत सफा राख्न दुवै किनारामा ढल बग्ने ठूला पाइप बिच्छाउने काम भइरहेको छ ।
पाइप बिच्छाइसकेपछि नदीको पानी शतप्रतिशत स्वच्छ हुने दाबी बाग्मती सभ्यता एकीकृत विकास समितिको छ । अबको तीन वर्षभित्र नदीको मुहार पूर्णरुपले परिवर्तन भएको देख्न सकिने समितिको दाबी छ ।
ढलका पाइप राख्दा केही स्थानमा अवरोध गरिएपनि अब सफलतापूर्वक काम सम्पन्न हुन लागेको इन्जिनियर आशिष घिमिरे बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्