
इरानी विदेश मन्त्रालयले अमेरिकी प्रतिबन्धको बदला लिने जनाएपनि कस्तो खालको बदला भन्ने उल्लेख गरेको छैन ।
अमेरिकाले मानवअधिकार हनन गरेको भन्दै लाजिरानीसहित अन्य १३ जना इरानी अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको थियो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथिको प्रतिबन्धमा राहत दिने समय अन्तिम पटक बढाउने घोषणा गर्दै यसले युरोप र स्वयं अमेरिकालाई पनि सन् २०१५ को परमाणु सम्झौताको खतरनाक त्रुटीबारे थाहा पाउन अन्तिम समय मिल्ने बताएका छन् ।
सन् २०१५ मा तात्कालीन ओबामा सरकारले इरानको परमाणु कार्यक्रमका विषयमा महत्वपूर्ण सम्झौता गरेको थियो । तर, राष्ट्रपति ट्रम्प यो सम्झौताको विपक्षमा रहेका छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्