२ जेष्ठ २०८२, शुक्रबार | Sat May 17 2025


‘बटरफ्लाई’ले पायो सकारात्मक प्रतिक्रिया


0
Shares

शुक्रबार कुमारी हलमा ‘प्रेस शो’ हेरिसकेपछि सन्चारकर्मीहरुले ‘बटरफ्लाई’ सकारात्मक प्रतिक्रिया दिएका हुन् ।

‘प्रेस शो’मा चलचित्र हेर्न नायकद्वय रमेश उप्रेती, आर्यन अधिकारी, नायिका प्रियंका कार्की, कलाकार निर्मल शर्मालगायतका सिने कलाकार र सन्चारकर्मीहरु उपस्थित थिए ।

कार्यकारी निर्माता रमेश प्रजापतिले हलहरुमा शनिबारको शो पनि उत्साहजनक रहेकोे जनाएका छन् । चलचित्रमा अर्पण थापाको चरित्रलाई दर्शकले बढी मन पराएको उनले बताए । उनले भने, ‘बटरफ्लाई’ बेलायत र जापानमासमेत छिट्टै प्रदर्शनमा आउनेछ ।’

केन्द्रीय चलचित्र जाँच समितिबाट ‘पिजी’ सर्टिफिकेट पाएको ‘बटरफ्लाई’मा नायक आर्यन र नायिका प्रियंकाको मुख्य भूमिका रहेको छ ।

पुष्पान्जली अधिकारी, रामशरण राना र भुपेन्द्र सुवेदीको निर्माणमा निर्देशक ओमप्रतिक गुरुङले चलचित्र ‘बटरफ्लाई’को निर्देशन गरेका हुन् । कार्यकारी निर्माता रमेश प्रजापति रहेको चलचित्रमा प्रियंका र आर्यनसँगै अर्पण थापा, रविन्द्र खड्का, पुरन थापा, सुष्मा कार्की, सुरविर पण्डितलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।