
भूकम्पका कारण एक जनाको मृत्यु भएको छ भने ६५ जना घाईते भएका छन् । धेरै भवनहरु ध्वस्त भएका छन् ।
स्थानीय समयअनुसार बिहान ४ः१८ मा जमिन मुनी ३६ किलोमिटर गहिराईबाट गएको भूकम्पको केन्द्र प्रशान्त महासागरमा रहेको अमेरिकी जियोलोजिक सर्भेले जनाएको छ । भूकम्पबाट एरेक्यूपा, इका, आयुचुचो लगायतका ग्रामिण क्षेत्र बढी प्रभावित भएका छन् ।
राजमार्गहरु भत्केकाले उद्धार र राहतमा प्रभाव परेको अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्