
पेगासस एयरलाइन्सको बोइङ्ग ७३७–८०० मा १६८ यात्री र विमान कर्मचारी थिए । अंकाराबाट आएको सो विमान ‘ब्ल्याक सी’ को तटमा रहेको ट्र्याबजोनमा अवतरण गर्दै थियो ।
रनवेमा पुग्नासाथ विमान चिप्लिएर समुद्र किनारको भीरमा पुगेको थियो । अगाडीको भाग समुद्रतिर खसेको भए पनि विमान भीर नै अडिएको थियो ।
विमानमा रहेका सबै यात्रु सकुशल रहेको र उनीहरुलाई उद्धार गरिएको अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्