२ असार २०८२, सोमबार | Tue Jun 17 2025


तमिलनाडुमा भएको साँढे दौड प्रतियोगितामा तीनको मृत्यु, एक सय जना घाइते


0
Shares

घटनामा सय जना घाइते भएका छन् । भारतमा बर्सेनी आयोजना गर्दै आएको जल्लीकट्टु नामको यो खेलमा साँढेलाई नियन्त्रणमा लिन नसक्दा उक्त घटना भएको हो ।

वर्सेनी आयोजना हुने यो खेलमा अप्रिय घटना हुन थालेपछि भारत सरकारले प्रतिबन्ध लगाएको थियो । यद्यपी भारतभर यसको विरोध हुन थालेपछि प्रतिबन्ध फुकुवा गरिएको थियो ।

विशेष गरी साँढेलाई निर्धारित बाटोमा दौडाएर नियन्त्रणमा लिने यो खेलको नियम रहेको छ ।

यद्यपी साँढेले नियन्त्रण गुमाउँदा यस्ता घटना हुने गरेका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।(एजेन्सी)