२ असार २०८२, सोमबार | Tue Jun 17 2025


स्पष्ट दृष्टिकोणसहित दक्षिण कोरियाले उत्तर कोरियासँग निरन्तर वार्ता गर्ने


0
Shares

उत्तर कोरियाले परमाणु कार्यक्रमलाई निरन्तरता दिन थप समय उपयोग गर्न खोजेको चेतावनी विश्वव्यापी रुपमा आइरहे पनि दक्षिण कोरियाले भने वार्ताप्रति विश्वास देखाएको हो ।

दक्षिण कोरियाली विदेश मन्त्री गाङ ग्याङ ह्वाले विश्व परिवेशमा परमाणु संकटसँग जुध्न उत्तर कोरियामाथिको प्रतिबन्ध भने कायमै रहेको बताए ।

सबै विषयको व्यवस्थापन एकदमै ध्यान दिएर गर्नुपर्ने र गर्न सक्नेमा विश्वस्त छौं भन्दै विदेशमन्त्री ह्वाले समग्रमा यो एकदमै सकारात्मक परिस्थिति हो भने ।

खेलकुद, दक्षिण कोरिया र अन्तर्राष्ट्रिय समुदाय सबैका लागि पछिल्लो सहमति सकारात्मक रहेको पनि उनको भनाइ छ ।

यसअघि अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले उत्तर कोरियाले सोल र उसका साझेदारहरुबीच फुट ल्याउने प्रयास गरिरहेको बताएका थिए ।

यसअघि उत्तर र दक्षिण कोरियाले अर्को महिना हुने शीतकालीन ओलिम्पिकमा एउटै झण्डामुनी सँगसँगै मार्च गर्न सहमति गरेका थिए ।

दुई वर्षभन्दा बढी समयपछि दुई देशबीच भएको वार्तामा दुबै देशले संयुक्त आइस हकी टोली बनाएर प्रतिस्पर्धा गर्ने सहमति गरेका थिए ।(एजेन्सी)