३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


एक इन्च भूमि पनि छाडिन्न : सी


0
Shares

काठमाडौं, असार १४ । चीनका राष्ट्रपति सी चिनपिङले आफ्नो मुलुकको एक इन्च भूमि पनि नछाड्ने बताएका छन् ।

अमेरिकी रक्षामन्त्री जेम्स् म्याटिससँग बेइजिङमा भएको भेटवार्तापछि चिनियाँ राष्ट्रपति सीले आफ्नो पुर्खाले छाडेर गएको भू–भागको एक इन्च पनि छाड्न नसकिने स्पस्ट पारेका हुन् ।

उनले चीन शान्तिका लागि प्रतिबद्ध रहेकोसमेत उल्लेख गरे ।

व्यापार र दक्षिण चिनियाँ समुद्रको विवादका कारण यी दुई मुलुकबीचको तनाब चुलिएको छ । दक्षिण चिनियाँ समुद्रको विषयमा अमेरिकाले चीनको आलोचना गर्दै आएको छ ।

म्याटिस् सन् २०१४ पछि चीन भ्रमण गर्ने पहिलो पेन्टागन प्रमुख हुन् ।

चिनियाँ राष्ट्रपतिसँगको भेटवार्ता निकै राम्रो भएको भन्दै अमेरिकी रक्षामन्त्रीले चीनसँग उच्च तहको सैन्य सम्बन्ध राख्ने चाहना रहेको उल्लेख गरे ।

सिंगापुर शिखर सम्मेलनपछि अमेरिकी रक्षामन्त्री एसियाली मुलुकको भ्रमणमा छन् । (एजेन्सी)