२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


जंगलीहात्तीको आक्रमणबाट एकजनाको मृत्यु


0
Shares

चुलाचुली गाउँपालिका–३ पेल्टीमारीका सोमनाथ भण्डारीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

बारीमा पानी लगाउन गएका ५२ वर्षीय भण्डारीलाई दिउँसो ३ बजेतिर हात्तीले आक्रमण गरेको थियो ।

त्यसलगत्तै उपचारका लागि झापातर्फ लैजाँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।