१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


आज सरस्वती पूजाः देशैभरका सरस्वती मन्दिरहरुमा भक्तजनको भीड


0
Shares

ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले यस दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ ।

वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले काठमाडौंको वसन्तपुर गई वसन्त श्रवण गर्ने परम्परा छ । आज राष्ट्रपति विद्या भण्डारीबाट बसन्तपुरमा बसन्त श्रवण गर्ने कार्यक्रम छ ।

यस दिन वसन्तराग पनि गाइन्छ । संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा पढ्न आउँछ भन्ने जनविश्वास रहेको छ ।

आजकै दिन साना बालबालिकालाई अक्षरारम्भ गराइन्छ । सरस्वतीलाई महाविद्या, महावाणी, भारती, वाक्, शारदा, आर्या, ब्राह्मी, कामधेनु, वेदगर्भा, धीश्वरी नामले समेत सम्बोधन गरिन्छ ।

काठमाडौंको स्वयम्भूदेखि देशैभरका सरस्वती मन्दिरहरुमा आज विद्यार्थी र दर्शनार्थीको भीड लाग्ने गर्दछ ।

बौद्ध धर्मावलम्बीले भने सरस्वतीलाई बोधिसत्व मञ्जुश्रीका रुपमा ज्ञानको प्रतीक मानेर पूजा गर्छन् ।