
वसन्तपुरस्थित नासलचोकमा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गरिन् । यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले पनि वसन्त श्रवण गरे ।
उनीहरुले बिहान ११ बजेर १७ मिनटको शुभसाईतमा वसन्त श्रवण गरेका हुन् । उनीहरुलाई हनुमानढोकाका मूल पुजारी देवराज अर्यालले वसन्त श्रवण गराएका हुन् । वसन्त श्रवणमा मन्त्रीलगायत उच्च अधिकारी पनि सहभागि थिए ।
प्रतिक्रिया दिनुहोस्