
मृत्यु हुनेमा सल्यान, बाघचौर नगरपालिका–१० की ६५ वर्षीया सञ्चरी बिक र रुकुम, मुसिकोट नगरपालिका– ६ की २४ वर्षीया पुष्पा केसी खड्का छन् । बाँकी दुईजनाको भने सनाखत भएको छैन ।
स्थानीय सल्लेखोला भन्ने ठाउँमा भएको दुर्घटनामा अरु १२ जना गम्भीर घाइते भएका छन् ।
घाइतेहरुको सल्यानका स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई नेपालगन्ज मेडिकल कलेज पठाउने तयारी गरिएको जनाइएको छ ।
बसमा करिब ४० यात्री सवार थिए । २० बढी यात्री सामान्य घाइते छन् ।
बस सडकबाट करिब १०० मिटर तल खसेको छ ।
स्थानीय र इलाका प्रहरी कार्यालय लुवामको प्रहरी टोली घाइतेहरुको उद्धारमा जुटेका छन् ।
बस दुर्घटनाको कारण खुलिनसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्