
प्लेकार्ड र व्यानरमा आफ्ना मागसहित संघले काठमाडौंको माइतीघरमन्डलमा नाराबाजी गरेको हो ।
गत पुस १४ गते संघीय मामीला तथा स्थानीय विकास मन्त्रालयले बिनाजानकारी सेवाबाट अवकाश गरेका भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
उनीहरुले स्थानीय तहमा समायोजन गर्न माग गरेका छन् ।
आन्दोलन समितिका संयोजक मनीषा विमलीले सरकारलाई ज्ञापनपत्र बुझाउँदा पनि बेवास्ता गरेकाले आन्दोलनमा उत्रन बाध्य भएको बताइन् ।
उनले स्थानीय तहमा कार्यरत् सामाजिक परिचालकलाई सम्बन्धित तहमै समायोजन गरी एकपटकलाई उमेरको हदबन्दी नलगाइ दरबन्दी सिर्जना गर्नुपर्ने माग गरिन् ।
माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्