२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


पश्चिमी बायुको प्रभावले देशभर मौसम बदली, काठमाडौंलगायत पहाडी क्षेत्रमा हल्का वर्षा


0
Shares

बुधबार दिनभरजसो नै वर्षा हुने मौसम विज्ञान विभागले जनाएको छ । पश्चिमी क्षेत्र र काठमाडौं उपत्यकामा वर्षा भएको छ । पूर्वी क्षेत्रमा बिहीबार वर्षा हुन सक्ने विभागले बताएको छ ।

अफगानिस्तान, पाकिस्तान, भारत हुँदै पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी वायुले वर्षा भएको हो । मंगलबार देशको सुदुरपश्चिमबाट पश्चिमी न्यून चापीय प्रणाली नेपाल भित्रिएको हो ।

उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा मध्यमखालको हिमपात हुनसक्ने सम्भावना पनि विभागले जनाएको छ ।