Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


गंगाजमुना गाउँपालिका खुला दिसामुक्त घोषित


0
Shares

धादिङ, मंसिर २३ । धादिङको गंगाजमुना गाउँपालिकालाई खुला दिसामुक्त घोषणा गरिएको छ ।

शनिबार आयोजित कार्यक्रममा ‘सफा–सुन्दर धर्तीमा, दिसा–पिसाब चर्पीमा’ भन्ने मूल नाराका साथ गाउँपालिकालाई खुला दिसामुक्त घोषणा गरिएको हो ।

गाउँपालिकाका ६ हजार ३१९ घरधुरीमध्ये ९९ प्रतिशत घरधुरीमा शौचालय भएको र एक प्रतिशतले साझेदारीमा प्रयोग गर्ने गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको कुल क्षेत्रफल १५२.७२ वर्गमिटर क्षेत्रलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको जनाइएको छ ।