५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025


‘न्यायका लागि उठौं’ भन्दै प्रदर्शन


0
Shares

काठमाडौं, मंसिर २३ । गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका लागि आइतबार काठमाडौंको माइतीघर मन्डलामा प्रदर्शन गरिएको छ ।

‘न्यायका लागि उठौं’ भन्ने आग्रहका साथ युवाहरुले निर्मलाको न्यायका निम्ति जोडदार माग गरेका हुन् ।

स्वस्फूर्तरुपमा जम्मा भएका उनीहरुले सरकारले मानवअधिकारको रक्षा गर्न नसकेको आरोपसमेत लगाए ।

विगत केही दिनयता निर्मलाको न्यायका लागि भन्दै माइतीघरमा प्रदर्शन भइरहेको छ ।