Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


माथिल्लो तामाकोशी आयोजनामा चिनियाँ इन्जिनियरको मृत्यु


0
Shares

बिगु गाउँपालिका वडा नं १ स्थित आयोजनाको ड्यामसाइडमा साइड इन्जिनियरका रुपमा कार्यरत ४९ वर्षीय चिनियाँ नागरिक सुन लिङ लङले काम गरिरहेको अवस्थामा आज बिहान ११ बजेतिर ड्यामको बाहिरपट्टिबाट अचानक खसेको ढुंगा लागेका कारण उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए ।

इन्जिनियर लङ गम्भीर घाइते भएपछि उपचारका क्रममा बाटोमा ल्याउँदाल्याउँदै मृत्यु भएको उनले जानकारी दिए । आयोजनामा उनले ग्राउण्डिङ सर्किटको काम गर्दै आएका थिए । रासस