
निलम्बित महानिर्देशक शर्माको सम्पत्तिको छानबिन गर्दा अस्वाभाविक देखिएको भन्दै आयोगले सोमबार बिगो असुलउपर गरी कारबाहीको माग गर्दै मुद्दा दायर गरेको हो ।
उनले सार्वजनिक सेवामा प्रवेश गरेपश्चात् वि.सं. २०७३ मंसिर मसान्तसम्म रु तीन करोड ६३ लाख ७२ हजार ९६१ आर्जन गरेको देखिएको छ ।
आयोगकाअनुसार सोही अवधिमा चल–अचल सम्पत्ति एवं सेयर लगानीलगायतमा अध्ययन गर्दा रु सात करोड ९३ लाख २७ हजार ८५ खर्च गरेको देखिन आएको छ ।
आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयकाअनुसार बिगोबमोजिम जरिवाना र कैद सजायको मागका साथै शर्माले स्रोत पुष्टि गर्न नसकेको रकम जफत् गर्ने माग–दाबीसहित मुद्दा दायर गरिएको हो । रासस
प्रतिक्रिया दिनुहोस्