
पहिलोपटक स्थापना भएको नेपाल खुला विश्वविद्यालयले अब प्रविधिको प्रयोग गरी डिप्लोमादेखि पिएचडिसम्मको डिग्री दिने भएको हो ।
खुला विश्वविद्यालयको सोमबार बसेको प्राज्ञिक परिषद बैठकले डिप्लोमा, पोस्टग्राजुयट डिप्लोमा, मास्टर्स, एमफिल र पिएचडीसम्मका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
प्राज्ञिक परिषदका सदस्य एवं शिक्षाविद प्राडा मनप्रसाद वाग्लेले खुला विश्वविद्यालयले सञ्चालन गर्ने कार्यक्रम परिषदबाट निर्णय भएको र २४ माघमा बस्ने सभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने बताए । –नयाँ पत्रिका दैनिकबाट
प्रतिक्रिया दिनुहोस्