१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


बेपत्ता भएको नौ महिनापछि कंकाल भेटियो


0
Shares

म्याङलुङ नगरपालिका–९, साब्लाका ६८ वर्षीय पदमबहादुर लिम्बुको झुण्डिएर आत्महत्या गरेको अवस्थामा म्याङलुङ्ग नगरपालिका–६ स्थित पात्लेचौर सामुदायिक वनमा कंकाल भेटिएको हो ।

जंगलमा पात्लेको रुखमा झुण्डिएर आत्महत्या गरेका लिम्बुको एउटा नली खुट्टाको हड्डी र टाउकोको कंकालमात्रै भेटिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक बासुदेव यादवले बताए ।

लिम्बु झुण्डिएको पात्लेको हाँगासमेत लाछिएर भुँईमा झरेको अवस्थामा डोरीसहित कंकाल भेटिएको र कंकालसँगै रहेको कमिज, चप्पल र ज्याकेट तथा ज्याकेटको गोजीमा रहेको लिम्बुको नागरिकताको आधारमा परिचय खुलेको घटनास्थलमा पुगेका प्रहरी नायब निरीक्षक केशर खत्रीले बताए । नागरिकता भने प्लाष्टिकमा पोको पारिएकाले जस्ताको त्यस्तै भेटिएको छ ।

सोमबार साँझ स्थानीयले कंकाल भेटाएपछि प्रहरीलाई खबर गरेका थिए । सोबारे मंगलबार बिहानै घटनास्थल पुगेर प्रहरीले थप अनुसन्धान तथा प्रक्रिया पु¥याई कंकाल परिवारलाई हस्तान्तरण गर्ने तयारी गरिरहेको निमित्त प्रहरी प्रमुख यादवले बताए ।

लिम्बु गत बैशाख महिनादेखि बेपत्ता थिए । परिवारले बैशाखमा बेपत्ता भएको उजुरी प्रहरीमा गरेको थियो ।

प्रहरीले खोजीको सूचीमा राखेका व्यक्तिको नागरिकतासहितको कंकाल भेटिएको साथै छोरा शान्त लिम्बुले बाबुले लगाएको कमिज र चप्पलको आधारमा चिनेकाले लिम्बुको पहिचान भएको हो । लिम्बु मानसिक रुपमा समेत रोगी रहेको परिवारले बताएको प्रहरीले जनाएको छ ।