२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


वृद्धभत्ताका लागि मन्त्रालयको निर्देशन कुर्दै विभाग


0
Shares

सरकारले यही माघ १० गतेमात्र ६५ वर्ष पुगेको वृद्ध–वृद्धालाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको थियो । यसअघि, सरकारले ७० वर्ष पुगेकालाईमात्र सो भत्ता दिँदै आएको थियो ।

विभागका सामाजिक सुरक्षा शाखाका शाखा अधिकृत सविता बस्नेतले सरकारले निर्णय गरेपनि कार्यान्वयनका लागि मन्त्रालयले निर्देशन दिएपछिमात्र सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बताइन् ।

‘सरकारले गरेको निर्णय हामीलाई मन्त्रालयबाट कार्यान्वयन गर्न निर्देशन आउनुपर्छ’–उनले भनिन्–‘निर्देशन आएपछि तेस्रो चौमासिकबाटमात्र वितरण सक्छौं ।’

‘मन्त्रालयको वितरण गर्ने निर्देशनपछि हामीले तथ्यांक विभागबाट ६५ वर्ष उमेर पुगेका वृद्धको तथ्यांक संकलन गर्छौं’–शाखा अधिकृत बस्नेतले भनिन्–‘अनि चैतदेखिमात्र वितरण गर्न सक्छौं ।’

विभागले अहिले पहिलो चौमासिक सामाजिक सुरक्षा भत्ता विवरण गरिसकेको छ भने अब दोस्रो चौमासिकको भत्ता वितरणका लागि तयारी गरेको छ ।

वि.सं. २०५१ मा नेकपा एमालेको तत्कालीन सरकारले रू १०० वृद्धभत्ता र विधवाभत्ताको व्यवस्था गरेकामा अहिले त्यसको दर बढाएर रू एक हजार पुर्‍याइएको छ । रासस