१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


सुनसरीमा आधा दर्जन गाउँपालिकामा लगाइएको गाँजाखेती नस्ट


0
Shares

भारतसँग सिमाना जोडिएका कोसी, देवानगन्ज, भोक्राहा, गडी, बर्जु र हरिनगरालगायत गाउँपालिकामा लगाइएको गाँजा नस्ट गरिएको हो ।

गाँजाखेती नस्ट गर्न जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहतका कार्यालयहरुबाट १०० भन्दा बढी प्रहरी परिचालन गरिएको थियो ।

किसानले गाँजाखेती गरेर गैरकानुनी काम गरेकाले नस्ट गरिएको र फेरि यस्तो गल्ती नगर्न चेतावनीसमेत दिइएको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताए ।