२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


निर्यात बढाउन अर्डर फेयर लाभदायक


0
Shares

जर्मनीस्थित ८ सय बर्षको इतिहास रहेको विश्वको अग्रणी प्रदर्शनी आयोजक मेसे फ्य्रांकफर्टका नेपालका लागि आधिकारीक प्रतिनिधि हिलटप एक्जिविसनका विनोद मल्लले अर्डर फेयरमा जोड दिएका हुन् ।

क्यास एण्ड क्यारी फेयरले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन हुनुको साटो विंग्रिदै गएको उनको दाबी छ ।

दिर्घकालिन बजार विस्तार र गुणस्तरीयता कायमका लागि अर्डर फेयर नै उपयुक्त हुने उनको भनाइ छ ।

आगामी फेबु्रअरी ९ देखि १३ सम्म फ्य्रांकफर्टमै हुने एम्बियन्ते प्रदर्शनीमा यस पल्ट १३ वटा नेपाली कम्पनीहरुले भाग लिने उनले जानकारी दिए ।

सामान विक्री गर्न नपाइने मेसे फ्य्रांकफर्टमा भाग लिएर नेपालका थुप्रै निर्यात कम्पनी स्थापित भएको दृष्टान्त दिंदै उनले नेपाली उद्यमी विदेशमा अर्डर फेयरमै केन्द्रीत हुनुपर्ने मल्लले उल्लेख गरे ।