
जिल्लाका ९६.९३ प्रतिशत नागरिक लेखपढ गर्नसक्ने भएको दाबी गर्दै बिहीबार पूर्णसाक्षर जिल्ला घोषणा गरिएको हो ।
जिल्ला शिक्षा कार्यालय पर्वतकाअनुसार १५ देखि ६० वर्ष उमेर समूहका व्यक्तिहरु पढ्न, लेख्न र हस्ताक्षर गर्न सक्षम भएपछि जिल्लालाई साक्षर गर्नसक्ने प्रावधानअनुरुप साक्षर जिल्ला घोषणा गरिएको हो ।
जिल्लाको साक्षरता प्रतिशत ९६.९३ रहेको दाबी गरिएको छ ।
१५ देखि ६० वर्ष उमेर समूहको जनसंख्यामा ४ हजार १७४ जना निरक्षर रहेको बताइएको छ ।
पर्वतमा आर्थिक वर्ष ०७४/०७५ मा गरिएको सर्वेक्षणअनुसार पुरुष साक्षर संख्या ३२ हजार ३३६ र महिला साक्षर संख्या ४८ हजार ३४८ रहेको जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले बताए ।
प्रतिक्रिया दिनुहोस्