२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पूर्वी रुकुमको सदरमुकाम यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश


0
Shares

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले सदरमुकाम सार्ने निर्णयको कारण देखाऊ आदेश माग्दै बिहीबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको अदालतका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी दिए ।

उनकाअनुसार अदालतले यही माघ २८ गते छलफलका लागि रिट निवेदक र सरकारलाई बोलाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको यही माघ ११ गते बसेको बैठकले पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटबाट उत्तरगंगा वडा नम्बर–१२ गोलखाँडा सार्ने निर्णय गरेको थियो ।

अधिवक्ता गणेश हमालले सरकारको सो निर्णयविरुद्ध रिट निवेदन दायर गरेका थिए ।

रिट निवेदकका तर्फबाट कानुन व्यवसायी सूर्य ढुंगेल, उपेन्द्रकेशरी न्यौपाने, रमण श्रेष्ठ, टीकाराम भट्टराई, गोपालदत्त पाण्डेलगायतले बहस गरेका थिए । रासस