Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


कतारमा ११ नेपाली कोमामा


0
Shares

अली रमदान ट्रेडर कम्पनीमा काम गर्न आएका नेम्वाङलाई ४ सेप्टेम्बर २००८ मा सडकमा गाडीले ठक्कर दिएको थियो । घाइते नेम्वाङ त्यसैबेलादेखि कोमामा गएका हुन् ।

हमाद अस्पतालमा नेम्वाङसहित ११ नेपाली कोमामा छन् । यीमध्ये सबैभन्दा बढी समयदेखि कोमामा रहेका उनै हुन् ।

दूतावासका अनुसार हमाद अस्पतालमा कोमामा रहेका नेपालीमा नाउलाखोर परासही–२ धनुषाका विन्दे मुखिया विन, शान्तिनगर–५ दाङका भक्तबहादुर रासकोटी, अनिश गोसल जोगी, जर्मन मुखिया, देवीमान्डु–५ बैतडीका भरतराम यादव लावड, गोविन्दपुर–६ धनुषाका सन्तोषकुमार यादव छन् ।

त्यस्तै चोखवाङ–९ रुकुमका ललित बुढा, जंगवीर गुरुङ सुकराज फहिम र चन्द्र गुरुङ छन् । –कान्तिपुर दैनिकबाट