५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025


१७ बर्षदेखि पूर्ण अपांग दिपकको कथा व्यथा


0
Shares

-जितेन्द्र भण्डारी/ईमेज

पाँचथर । पाँचथर फिदिम नगरपालिका वडा नम्बर ९ लुम्फाबुङका दिपक घिमिरे पूर्ण रुपमा अपांग छन् ।

उनी अपांग भएको १७ बर्ष वित्यो,जन्मजातै अपांग भएका घिमिरेलाई अहिले घर परिवारले एउटा फलामको कोक्रो बनाएर राखेका छन् । उनी दिशा पिसाब गरेको पत्तो पाउँदैनन् ।

उनी उभिएर हिडडुल गर्न सक्दैनन्,जहाँ बस्यो त्यहिँ दिशा पिसाव गर्दछन्, बोली आउँदैन् ।

मान्छे आफने विरानो कोही चिन्दैनन् उनका बुवा कमल घिमिरेले भने, ‘जन्मजातै अपांग छन् उनका लागि देशका ठूला महँगा राम्रा हष्पिटल लगे तर उपचार हुन सकेन् अहिले घरमै उनको हेरविचार गरिरहेका छौ ।’

उनले थपे “नेपालमा उपचार गर्न सम्भव छैन्,यसका लागि ७ लाख रुपैया जति खर्च लाग्छ त्यो पनि भारतको चेरापुन्जी जानुर्पछ भनेर नेपालका विभिन्न चिकित्सकहरुले आफूलाई बताए ।’

तर आफूसित त्यतिका रकम नभएकोले उपचार गर्न नसकेको बताए । अहिले उनलाई स्याहार सुसार गर्न ढुक्कै एक जनाको आवश्यकता पर्दछ ।

अहिले हामी श्रीमान् श्रीमती मिलेर उनलाई खुवाउने पिलाउने गर्नुपरेको दिपककी आमा कमलादेवी घिमिरेले बताए ।

दिपक रातभरी सुत्न सक्दैन् आलोपालो गर्दे उसको बुवा र मैले उनलाई रुङनु परेको उनका आमा कमलादेवीले बताए ।

वि.स. ०५८ साल भदौ २० गते जन्मिएका दिपकको यस्तो दुर्रावश्था देखेर धेरै ब्यक्ति र संघ संस्थाले सहयोग गर्ने वचन दिए, तर अहिलेसम्म कतै कसैबाट भनेजस्तो सहयोग नपाएको उनका बुवा कमलले बताए ।

नेपाल रेडक्रस सोसाइटीले दिपकको लागि ओढ्ने ब्ल्यान्केट उपलब्ध गराएको परिवारजनले बताएका छन् ।

दिपकलाई सहयोग गरिदिन सामाजिक संघ संस्था र परोपकारी भावना भएका ब्यक्तिलाई आग्रह गरे ।

उनले भने,“मेरा छोराको उपचारका लागि सहयोग गरिदिने संघ संस्था,सरकारी निकाय भईदिए मेरा लागि त्यो भन्द खुशीको क्षण केहि हुँदैन्थ्यो ।”

दिपकलाई अपांगता परिचयपत्र अन्र्तगत रातो काड दिएपछि उनले मासिक २ हजार रुपैया भत्ता लिँदै गरेका थिए ।

तर पछि बैङकिङ्ग प्रणाली मार्फत भत्ता दिन थालेपछि उनले चौमासिक पाउने ८ हजार रुपैया पनि अहिले सम्म नपाएको उनकी आमा कमलादेवीले बताइन् ।

अहिले तत्कालका लागि उनलाई एउटा फलामको कोक्रो भइदिए सहज हुने उनका बुवा कमलले बताए । कमलका दुई भाई छोरा र एक बहिनी छोरी हुन् ।

बुवाआमा कृषक भएकाले उनीहरुको छोरालाई उपचार गराउने आर्थिक अवस्था समेत नभएको फिदिम ९ का वडा सदस्य गंगा राईले बताए ।

वडामा दिपक जस्तै अन्य ४ जना अपांग रहेको हुँदा उनीहरुलाई सहयोगको निम्ति फिदिम नगरपालिका सित समन्वय गर्ने उनले बताए ।