२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदीशपुर जलाशय ओझेलमा (भिडियो)


0
Shares

विश्व सिमसार क्षेत्रमा सूचीकृत तालको प्रवद्र्धनमा सम्बन्धित निकायले ध्यान नदिँदा ओझेलमा परेको हो ।

जाडोयाममा विदेशी चराहरु बसाइँ सरेर आउने यस तालमा गत वर्ष २३ हजारभन्दा बढी चराहरुको गणना भएको छ ।

थोरै समयमा धेरै चराहरु देखिने यस ठाउँलाई सम्बन्धित निकायले ध्यान नदिएकाले यो ताल ओझेलमा परेको जगदीशपुर जलाशय बहुसरोकार मञ्चका सदस्य अब्दुल रसिद खाँ बताउँछन् ।

१५७ हेक्टर क्षेत्रफलमा फैलिएको यो कृत्रिमरुपमा बनाइएको नेपालकै सबैभन्दा ठूलो ताल हो । चरा विशेषज्ञहरुको भनाइअनुसार यही स्थानबाट नेपालकै सबैभन्दा बढी चरा देखिने गर्दछन् ।

यो वर्ष नेपालमै सबैभन्दा बढी चरा जगदीशपुर तालमा आएको बताइएको छ । यस तालमा साइबेरिया, रुस, चीन, मंगोलिया, तुर्किस्तानका चराहरु आउँछन् भने नेपालमा पाइने ८८६ प्रजातिमध्ये १६७ भन्दा बढी प्रजातिका चराहरु यस तालमा पाइन्छन् ।

विश्वमा दुलर्भ मानिएका ३७ चरामध्ये ११ प्रजातिका चरासमेत यहाँ सजिलै देख्न पाइने चराविद्हरुको भनाइ छ ।

यो तालमा विभिन्न देशबाट चराहरु आउने भएकाले चराहरुको चोरी–निकासीसमेत बढ्दै गएको स्थानीयको गुनासो छ ।

भिडियो हेर्नुहोस्