
बलबहादुर विक, श्रीमती र उनका तीन छोराछोरी पाँच वर्षदेखि जंगलको बीचमा बस्दै आएका छन् ।
४५ बर्षिय अपांग विकको हालसम्म न त नागरिकता बनेको छ न त अपांगताको परिचय पत्र नै ।
सुत्नका लागि वास र खानका लागि गाँस नहुँदा केटाकेटीहरु रातभर रुने गरेको बिक बताउँछन् ।
श्रीमतीले दिनभर सालको पात टिपेर बिक्री भएको पैसाले जति पुग्छ त्यति मात्रै खाने गरेको उनी बताउँछन् ।
वरिपरी जंगल भएका कारण साँझमा जंगली जनावर आउने गरेको समेत उनीहरुले बताए ।
आफू अपांग भएकाले केही काम गर्न नसक्दा परिवारले दुःख पाएको बलबहादुरको भनाइ छ ।
बलबहादुरको परिवारलाई हालसम्म कुनै पनि निकायले सहयोग गरेको छैन ।
उनको अवस्था देखेर सामुदायिक सेवा केन्द्रका सदस्यहरुले व्यक्तिगत रुपमा खाद्यान्न र लत्ताकपडा दिएका छन् ।
केन्द्रकै पहलमा उनको नागरिकता र अपांगता परिचयपत्र बनाउने पहल शुरु भएको छ । यसपछि सरकारी सहयोग पनि पाउने आशा बलबहादुरले राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्